नीति कार्यक्रममा आश्वासनबाहेक केही छैन : सभापति देउवा

admin

काठमाडौँ, २० वैशाख:  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही नभएको भनी टिप्पणी गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही पनि छैन भन्नुभयो । 

सभापति देउवाले भन्नुभयो, “धेरै कुरा अघिल्लो पटकको उल्लेख छ, नयाँ कुरा छैन ।” सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनेको सन्दर्भमा उहाँले त्यसको सट्टा नेपाल सरकार भने पनि हुन्थ्यो भन्नुभयो । काङ्ग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई जनताका इच्छा र आकांक्षा पूरा गराउने भन्दा पनि पार्टीको चुनावी घोषणापत्र जस्तो आएको भनी टिप्पणी गरेको छ । नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका थुप्रै विषय उल्लेख गरिए पनि सम्पन्न गर्ने आधार नदेखिएको काङ्ग्रेसको आरोप छ । 

प्रतिक्रिया