नीति कार्यक्रमको समीक्षामा आत्म प्रशंसा मात्र:नेता थापा

admin

काठमाडौँ, २० वैशाख: काङ्ग्रेस नेता गगनकुमार थापाले ‘मेरो सरकार’ भन्ने सम्बोधनले राष्ट्रपतिलाई विवादमा फसाउने र संस्थाप्रतिको मान सम्मान घटाउने गरी गम्भीर त्रुटि भएको धारणा व्यक्त गर्नुभयो । अघिल्लो आर्थिक वर्षमा सरकारले प्रस्तुत गरेको कार्यक्रमको समीक्षामा आत्मप्रशंसा मात्र भएको भन्दै नेता थापाले भन्नुभयो, “चालू आवमा जनता निराश भन्ने कही उल्लेख छैन, भ्रम अहङ्कार मात्र उल्लेख छ ।” 

पूँजीगत खर्च कम भएको र राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुन नसकेकोबाहेक अन्य कुनै पनि कमजोरी नभएको भनी नीतिमा उल्लेख भएको बताउँदै उहाँले  यसले सही दिशामा डोराउनु सक्दैन भन्नुभयो । 

सङ्घीयता कार्यान्वयनका सम्बन्धमा यो वर्ष फितलो भए पनि नीतिमा कही पनि सङ्घीयताको सन्दर्भमा कमजोरी रहेको उल्लेख नभएको उदाहरण दिँदै उहाँले ‘पाँच वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्छु भनेको सरकारले गएको वर्ष कति रोजगारी सिजर्ना गरे’ भन्दैन भन्नुभयो । नीति र कार्यक्रममा नयाँ कुरा केही नभएको र पुरानो कुराको निरन्तता मात्र रहेको भन्दै नेता थापाले झुटको र आश्वासनको पुलिन्दा हो भनी टिप्पणी गर्नुभयो । 

प्रतिक्रिया