राष्ट्रपति र प्रधानमन्त्री विवाह बन्धनमा बाँधिएको फोटो बनाउने प्रधानाध्यापक पक्राउ

रिता घिसिंग

काठमाडौँ : फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं साइबर क्राइमअन्तर्गत पक्राउ परेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विवाहबन्धनमा बाँधिएकोे फोटो बनाएर आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेको आरोपमा  उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । अभियुक्त चौलागाईंलाई आजै महानगरीय अपराध माहाशाखामा बुझाइने बताइएको छ ।

प्रतिक्रिया