मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

रिता घिसिंग

रामेछाप, २६ वैशाख : रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । आज बिहान खिम्तीबाट मन्थली आउँदै गरेको बा४८प ३०१८ नंको मोटरसाइकलको ठक्करबाट लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ निवासी ६५ वर्षीया वृद्धा केशरी तामाङको ज्यान गएको हो ।

फाइल फोटो

घाइते भएकी तामाङको उपचारका क्रममा तामाकोशी सहकारी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिनुभयो । रामेछापको मन्थली नगरपालिका–१ निवासी २० वर्षीय मोटरसाइकल चालक रामकुमार श्रेष्ठ र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । रासस

प्रतिक्रिया