जनगणतन्त्र अन्तिम लक्ष्य : नेता गजुरेल

admin

काठमाडौँ, २७ वैशाख : नेकपा माओवादी क्रान्तिकारीका उपाध्यक्ष सिपी गजुरेलले नेपाली जनताले थुप्रै राजनीतिक व्यवस्थाको अनुभव गरिसकेका भए पनि हालसम्म कुनै पनि व्यवस्थाबाट जनताको आर्थिक समुन्नति सम्भव नभएको बताउनुभएको छ ।

रत्नपार्कमा आज विभिन्न राजनीतिक दलको विरोधसभालाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टीको अन्तिम लक्ष्य अहिलेको व्यवस्थामा टेकेर प्राप्त अधिकार प्रयोग गर्दै जनगणतन्त्रसम्म पुग्ने रहेको बताउनुभयो ।

पूँजीवादी व्यवस्थाबाट जनताको कल्याण हुनै नसक्ने ठोकुवा गर्दै गजुरेलले यो संविधान खारेज गरेर नयाँ संविधान निर्माण गर्न आफ्नो सङघर्ष नरोकिनेमा जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी माओवादी क्रान्तिकारी, नेपाल कम्युनिष्ट पार्टी, एकीकृत नेकपा माओवादी तथा देशभक्त जनतान्त्रिक मञ्चले सो विरोध कार्यक्रमको आयोजना गरेको हो । रासस

प्रतिक्रिया