सामुहिक बलात्कारबाट पिडित यी महिलालाई बचाउँदै क्रिस्टिना र उनका साथीहरु (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सामजिक अभियान्ता क्रिस्टिनाको टिमले विगत १५ दिन देखि अस्पतालको सैयामा उपचार्थ बलात्कार पिडित अस्मिता तामाङलाई सहयोग गरिरहेका छन्। अस्मिता तामाङमाथि लगभग दुई हप्ता अगाडी कुटपिटको साथै सामुहिक बलात्कार भएको थियो। घाइते भएकी अस्मितालाई प्रहरीले बुढानिलकण्ठस्थित वेवारिसे अवस्थामा भेटेर अस्पताल पुराएको थियो।

क्रिस्टिनाको अनुसार, अस्मिता तामाङको आफ्नै साथीले उनलाई कुटपिट गरी सामुहिक बलात्कार गरेका हुन्। यस्तो अवस्थामा उनका परिवारले समेत् साथ दिएका छैनन्। समाजमा ईज्जत जाने भन्दै अस्पतालमा हेर्न समेत् आउँन नमानेको कारण आफुहरुले नै उनलाई हेरिरहेको क्रिस्टिनाको भनाई छ।

अस्मिताले ज्याला मजदुरी गर्दै जीविकापार्जन गर्दै आएकी छिन्। उनले परिवारविरुद्ध गएर बिबाह गरेको हुनाले परिवारबाट अपहेलित बनेकी क्रिस्टिनाले बताईन। यस्तो अबस्थामा न उनीसँग श्रीमान र परिवार कसैको साथ छैन। आफु ठिक भएपछि दोषीलाई उजुरी हाल्ने र आफु पनि सामाजिक कार्यमा लाग्ने अस्मिताले बताएको क्रिस्टिनाको भनाई छ।

अहिले अस्मिताको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको छ। अस्मिता अहिले बोल्न सक्ने हुँदा पनि प्रहरीले अनुसन्धानलाई प्राथमिता त्यति नदिएको भन्दै क्रिस्टिनाले गुनासो पोखिन। अस्मिताले आमाबुबा खोजिरहने र भेटाइदिनु भन्दै अनुरोध गरिरहेकी छिन्। क्रिस्टिनाको टिमले पिएनपिमिडियामार्फत अस्मिताको बुबाआमालाई एकपटक अस्पताल आएर भेट्न अनुरोध गरेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू