त्रिशुली नदीमा बस खस्यो, ३ जनाको मृत्यु

admin

काठमाडौं, जेठ ५ : झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ । ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको गजुरी प्रहरीले जनाएको छ ।

फाइल फोटो

बस सडकबाट त्रिशुली नदीमा खसेको छ । अहिले उद्धारकार्य जारी छ । दुर्घटनाको कारण खुलेको छैन । विस्तृत विवरण पनि आउन बाँकी छ ।

प्रतिक्रिया