‘औद्योगिक व्यवसाय विधेयक, २०७५’ र “प्रहरी समायोजना विधेयक,२०७५” सदनमा पेश

रिता घिसिंग

काठमाडौँ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रतिनिधिसभाको आजको बैठकमा “औद्योगिक व्यवसाय विधेयक, २०७५” प्रस्तुत गर्नुभयो ।

विधेयक प्रस्तुत गर्दै मन्त्री यादवले उच्च आर्थिक वृद्धिदर हासिल गर्न आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नुपर्ने र वैदेशिक लगानी आर्कर्षित गर्नका लागि उक्त विधेयक आवश्यक रहेकाले सदनमा पेश गरिएको जानकारी दिनुभयो ।

मन्त्री यादवले सदनमा पेश गर्नुभएको विधेकका सम्बन्धमा सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ पेश हुँदा बहुमत सदस्यले अस्वीकृत गरेको थियो ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापाले “प्रहरी समायोजना विधेयक,२०७५” सदन समक्ष पेश गर्नुभयो । नेपालको संविधानको धारा ३०२ को उपधारा दुई अनुसार सदन समक्ष उहाँले सो विधेयक पेश गर्नुभएको हो ।

विधेयकका सन्र्दभमा सदनलाई जवाफ दिदैं मन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रहरी समायोजना गर्नुपर्ने भएकाले सो विधेयक आवश्यक रहेको जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया