गति लिएन निजगढ विमानस्थल निर्माणले

admin

काठमाडौं, जेठ १०: राष्ट्रिय गौरवको योजनाका रुपमा सरकारले अगाडि बढाएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गतिलिन सकेको छैन । प्रस्तावित विमानस्थलको मुख्य धावनमार्गमा पर्ने टाङ्गिया बस्ती विवाद, रुख कटान र जग्गा अधिग्रहणलगायत समस्याको समाधान हुन नसक्दा निर्माण कार्य अगाडि बढ्न नसकेको हो । टाङ्गिया बस्तीका बासिन्दा कसैको पनि जग्गाधनी प्रमाणपत्र छैन ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख ओमनारायण शर्माका अनुसार रुख कटानबाट हुने वातावरणीय असरबारे गलत ढंगले गरिएको प्रचार , टाङ्गिया बस्ती स्थानान्तरणका अनावश्यक विवादका कारण विमानस्थलको निर्माण कार्य अगाडि बढ्न नसकेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

प्रतिक्रिया