वडासदस्यले खुलाए नयाँ रहस्य, एउटै ब्यक्तिलाई ४० पटकसम्म खुकुरी प्रहार (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमामा गत सोमबार दुई परिवारको गरी ९ जनाको निर्ममपुर्वक हत्या गरिएको छ। घटना घटेको दुई परिवार ज्वाई र ससुराको घर रहेको छ।

सोमबार मध्यान्ह राति बमबहादुर फियाकसहित उनकी पत्नी फुर्चीमाया फियाक, माइली छोरी जस्मिता फियाक (शेर्मा), कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुम, माइँला ज्वाइँ धनराज शेर्मा, धनराजका छोरी युहाना, मुना शेर्मा र धनराजकै भतिजी इक्सा शेर्माको हत्या भएको थियो भने १४ वर्षीया बालिका भागेर बाच्न सफल भएकी छिन्। उनको पनि घटना घट्दा भाग्ने क्रममा एउटा हात बाचिएको छ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमले नौ जनाको हत्या गरेका हुन्। तर उनले नै हत्या गरेका हुन् भन्ने सत्य बाहिरिएको छैन र छानबीन कार्य भईरहेको छ। हत्याको अभियोग लागेका बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमले नै पछि आत्महत्या गरेपछि घटना थप रहस्यमय बनेको छ। उनले आत्महत्या गरेको स्थल नजिकै धारिलो हत्यार पनि फेला परेको थियो।

मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका वडा अध्यक्षले इराकमा १२ जनाको हत्या पछि पाँचथरको उक्त घटना नेपालको दोस्रो घटना रहेको बताए। घटना घटेको परिवार निम्न वर्गको भएको कारण वायहमला हुन् नसक्ने उनको भनाई छ।

घटनाबारे विस्तृतरुपमा बताउँदै उनले भने, ‘मलाई विहान साढे ५ बजे फोन आयो। त्यहाँ पुग्दाको अबस्था हेर्न नसिक्ने थियो। सबैको अनुहार चिन्न नसकिएको र चोट हेर्दा प्रत्येकलाई ३५ देखि ४० पटकसम्म खुकुरीले हमला गरेको देखिन्छ। छोरीसँगको पहिले देखि नै विग्रिदो सम्बन्धका कारण  ज्वाईले हत्या गरिएको आशंका गर्न सकिन्छ।’

पाँचथरको यस भयानक घटनाले सिङ्गो गाउँ नै त्रसित बनेको छ। यस्तो घटना दिनप्रतिदिन घट्दै गईरहेको छ । फेरी पनि यस्तो घटना हुन् नदिनको लागि सरकारले कडाभन्दा कानुन बनाउनको साथै स्थानीयस्तरबाट बेलैमा ध्यान पुराउन आवश्यक छ ।

हेर्नुहोस भिडीयो :

 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू