पुरानो रोग बल्झिएर च्याप्न थालेपछि अनुष्का शर्मा अस्पताल धाउदै

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेत्री एवं क्रिकेटर बिराट कोहलीकी पत्नी अनुष्का शर्मा हिजोआज प्रायः अस्पताल परिसर वरिपरी देखिन्छिन् । धेरैले उनी गर्भवती भएको र चेकजाँच गराउन अस्पताल पुगेको अड्कल गरेका थिए ।तर वास्तवमा अनुष्का गर्भवती नभई एक गम्भीर रोगको शिकार भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मिडियाका अनुसार अनुष्का अहिले बल्जिङ डिस्क नामक रोगले ग्रसित भएकी छिन् ।बल्जिङ डिस्क त्यो रोग हो, जसमा कम्मरको हड्डी दुखेर उठ्न, बस्न, हिँड्न नै निकै गाह्रो हुने गर्दछ । यो रोग उनको पुरानो भएपनि अहिले यो बल्झिएर च्याप्न थालेपछि अनुष्का आत्तिएर अस्पताल निरन्तर चेकजाँचको लागि गइरहेकी छिन् ।

उपचारमा लागेकी अनुष्कालाई आफ्नो पीडाको चिन्ता त छनै तर ३० मेबाट सुरु हुने क्रिकेट वल्र्डकप २०१९मा आफ्ना क्रिकेटर पति विराट कोहलीको हौसला बढाउन नपाउने होकि भन्ने कुराले सताएको छ । उनी आफ्नो रोगका कारण पतिको ध्यान क्रिकेटबाट कमजोर नहोस् भन्ने पक्षमा छिन् । विराट वल्र्डकप २०१९ का लागि भारतीय टिमका साथ इंग्ल्यान्ड उडिसकेका छन् ।

अनुष्का विवाह पछि आफ्नो फिल्मी करियर भन्दा पनि पति बिराट कोहलीको खेललाई बढी ध्यान दिइरहेकी छिन् । पछिल्लो समय उनी बिराटले खेल्ने हरेक इभेन्टमा सरिक भइरहेकी देखिन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू