पाँचथर काण्डमा मुकुन्देको यस्तो टिप्पणी, धार्मिक अनुशासनको कमीले हत्या, हिँसा बढ्यो (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय घटना घट्नुको मूल कारण धर्मनिरपेक्ष सविधान नबनाउनु रहेको मुकुन्द घिमिरेले बताए।

धार्मिक अनुशासनको कमी रहनुको साथै डर, त्रास नभएको कारण यस्ता हत्या, हिंसा तथा बलात्कार हुने गरेको उनको भनाई छ। यति मात्र नभई अधिकारको नाममा महिलालाई उत्ताउलो बनाइदिएको कारण पाँचथरमा घटना घटेको उनको ठम्माई छ।

हत्याको आशंका गरिएका मृतक ज्वाईले माइती पक्षबाट सम्मान नपाएको कारण अपमानित महसुस गरी अपराध भएको उनको तर्क छ। उनले भने, ‘विकासको कमीले मानिसहरु कुण्ठित हुन्छन जसकारण घटना घट्ने गर्छ।’ उनले देशमा घट्नेको घटनाहरु बारे जति पनि वकालत गर्ने राजनीतिक विश्लेषकहरु छन् उनीहरुले झनै अन्योल सृजना गरेको मुकुन्दले जनाए।

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू