विप्लवको छोरा राजकीय जीवन बाँचिरहँदा गरिबका छोराछोरी बलिको बोका कहिलेसम्म बनिरहने ? [विचार]

कृष्ण रोकाया

काठमाडौँ: केहि महिना अघि मात्रै सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएपछि सरकार र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा विच यतिबेला को भन्दा को कम भन्ने अवस्था सिर्जना भएको छ। भोजपुर र खोटाङको सिमानामा गत हप्ताको मंगलबार प्रहरीसँग भएको दोहोरो भिडन्तमा विप्लब कार्यकर्ता तिर्थराज घिमिरेको मृत्युभएपछि नेकपा विप्लव समूहले नेपाल बन्दको घोषणा मात्रै गरेन बन्दको पुर्वसन्ध्यामा राजधानीको छुट्टा-छुट्टै स्थानमा बम बिस्फोट हुँदा ४ जनाको मृत्यु र केहि व्यक्ति घाइते समेत भए।

केहि महिना अघि मात्रै नक्खु बम बिस्फोटमा परि निर्दोष नागरिक सिंह बहादुर गुरुङले ज्यान गुमाउनुपरेको थियो। विप्लवले नाम दिएको जनक्रान्तिमा अहिलेसम्म ६ जना नेपाली जनताको ज्यान गैसकेको छ। सरकारले प्रतिबन्ध लगाएपछि झन् आक्रामक बन्दै गएको नेकपा विप्लव समूहका कारण देशभर भयको वातावरण सृजना भैरहेको छ।

बन्दमा मात्र होइन दिनानुदिन बम आतंक बढिरहेको छ। यहासम्मकि बाटोमा फोहोरको झोला देख्यो भने पनि बम हो कि भन्ने डरले जनता शसंकित भैरहेको आवस्था छ । भ्रष्टहरुलाई कारवाही गर्ने भन्दै उत्रिएका विप्लबले सर्वसाधारण जनतालाई मारमा पार्ने यो क्रान्ति कस्तो हो उनैले बुझेका होलान। विप्लवले १२ गते गरेको बन्दको कारण देशभरको जनजीवन प्रभावित भएको छ। उद्योगधन्दा, बिद्यालय बन्द मात्रै छैनन् काम गरेर खाने मजदुरहरु समेत मारमा परेका छन्।

गरिबका छोराछोरी पढ्ने स्कुलमा बम पड्काउदै गर्दा विप्लवका छोरा प्रकाश भने चितवनमा ढुक्कले डाक्टर बन्न एमबिबिएस पढिरहेका छन। हाम्रो दाजुभाइले ज्यान गुमाइरहेका छन। एक छाक टार्न मजदुरी गर्नेहरु अलपत्र परिरहदा, जनताको छोराछोरी बम पड्केर मरिएला भन्ने डरले बांचिरहदा अनि सर्वसाधारण जनता सार्वजनिक यातायात चढ्न पनि बम आतंकको डरले भयभित भैरहंदा विप्लवको छोरा भने ४५ देखि ४८ लाख पर्ने ‘हार्ले डेभिडसन’ बाइक चढेर आरामदायी जीवन बाँचिरहेका छन । विप्लवको छोराको जीवनशैली हेर्ने हो भने उनी गणतन्त्रका युवराज  हुन् भन्दा पनि फरक नपर्ला।

गरिब सर्बहाराका नाममा क्रान्ति गर्छु भनेर लागेका विप्लवले आफ्नो परिवारलाई राजकीय जीवन जिउन दिएर   बनाउने काम गरिरहेको सहजै अनुमान लगाउन सकिन्छ। विभिन्न व्यवसायीसँग विप्लवले मोटो रकम चन्दा लिने गरेको खबर बेलाबेलामा संचारमाध्यममा आइरहेको हुन्छ। विप्लवले आफ्नो परिवारलाई कसरी राजकीय जीवन बाच्न दिइरहेका छन यसबारेमा पनि बिप्लवको पछि आँखा चिम्लेर लाग्ने कार्यकर्ताले बेलैमा सोच्न जरुरी छ होइन भने गरिब सर्बहाराका छोराछोरी बलिको बोका बनिनैरहनेछन।

लोकतन्त्र हुँदाहुँदै हिंसाको राजनीति गर्ने र त्यसलाई संस्थागत गर्नेहरूबाट देशको भलो कदापि हुँदैन। आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि सर्वसाधारण जनताको जीवन बमले उडाउने नेकपा विप्लव समूह हुन् या सत्तामा बसेर बम हान्नेहरुका कार्यकर्ता मार्न आदेश दिने शासकहरु हुन् दुबै तत्वहरुका कारण देशलाई गृहयुद्धमा फसाउने काम हुँदैछ । अब पनि जनता सचेत नहुने हो भने देश पुनः बर्वादिको मार्गमा गयो भन्दा अत्युक्ति नहोला ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू