दैलेख १५ जेठ:करेन्ट लागेर सात वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका १० भवानीका सातवर्षीय समीर रावत छन् ।
उनलाई आज बिहान १० बजेतिर करेण्ट लागेकामा उपचार गर्न जिल्ला अस्पताल दैलेखतर्फ लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । रासस