साहित्यकार सुरेन्द्र महर्जन “अमर” को”मिर्मिर” सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, १८ जेठ  : कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर”को २०औं कृति गीति एल्बम “मिर्मिर” सार्वजनिक गरिएको छ । ओएस नेपालको आयोजनामा ओएस नेपालको प्रस्तुति गीति एल्बम “मिर्मिरे” सुरेन्द्र महर्जन “अमर” को जन्म दिनको अवसर पारेर एक समारोह बीच सार्वजनिक गरिएको हो ।

सुरेन्द्र महर्जन अमरको एकल रचना रहेको उक्त एल्बम प्रमुख अथिती फेश रिडर अर्जुन क्षेत्री गायक धिरज राई, संगीतकार सन्तोष श्रेष्ठ लगायत अथितिहरूको हातबाट सार्वजनिक गरिएको छ। एल्बम भित्र तृप्ती खड्का, सूर्य कमल राई, सरिता प्रजापति, अश्विनी सिटौला, संगीता रायमाझी, दिनेश थानी, राम अवाले लगायतको स्वर रहेको छ भने राम कार्की, सूर्यकमल राई, बुद्ध सायमीको संगीत रहेको छ ।

विमोचन कार्यक्रममा प्रहिलोपटक सहभागी हुन पाउँदा आफूलाई खुशी लागेको बिचार प्रमुख अथिती अर्जुन क्षेत्रीले व्यक्त गर्नु भयो भने गीतकार अमरको बारेमा गहकिलो धारणा राख्नु भयो । “राम्रो लेखन उच्च मन सबैको मन-मनमा अटाउने सुरेन्द्र महर्जन” उहाँको अझै कृतिहरू प्रकाशनमा रहेको जानकारी दिँदै कार्यक्रमको सभापति ओएस नेपालको तर्फबाट विवेक कार्कीले आफ्नो विचार ब्यक्त गर्नु भएको थियो । पत्रकार पुष्करराज बुढाथोकी “साउँतेली” ले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया