महाभूकम्प आउँछ भन्दै अफवाह फैलाउने ‘ज्योतिष’ अर्जुन क्षेत्री पक्राउ

रिता घिसिंग

काठमाडौं : सामाजिक संजालहरुमा भुकम्पसम्बन्धी अपवाह फैलाउने ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरिएको छ। विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै विपदसम्बन्धी अफवाह फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । उनीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको परिसरका प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिए ।

क्षेत्रीले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै जेठ महिना भित्र भुकम्प जान्छ भन्दै जनताहरु माझ अफवाह फैलाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू