पुरानो घर भित्र पुरिएर चीनमा पाँचको मृत्यु

admin

चीनको ग्रामीण क्षेत्रमा रहेको एउटा पुरानो घर भित्र पुरिएर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । मध्य चीनको हुबेई प्रान्तमा रहेको एउटा गाउँमा सो घटना भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

केही मानिसहरुले घर भित्र काम गरिरहेका बेला स्थानीय समयानुसार मङ्गलबार बिहान झण्डै १० बजेर १० मिनेट गएको समयमा घटना भएको बताइएको छ ।


घटनामा परी घाइते भएकाको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनको अवस्था स्थीर रहेको चिकित्सकहरुले जनाएका छन् । घका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको र केही व्यक्तिहरुलाई नियन्त्रणमा समेत लिइसकेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया