प्रदेश ३ को प्रदेशसभा बैठक शुक्रबार

admin

हेटौँडा, ३० जेठ: प्रदेश नं ३ को प्रदेशसभाको चौथो अधिवेशनको बैठक शुक्रबार अपराह्न २ बजे बस्ने भएको छ । बैठकमा उपस्थितका लागि प्रदेशसभा सदस्यलाई सूचना प्रवाह गरिएको प्रदेशसभा सचिवालयका सचिव रामशरण घिमिरेले जानकारी दिनुभयो ।

जेठ १७ गते प्रदेशसभाको बैठक सञ्चालन भई अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको थियो । प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी असार १ गते बस्ने प्रदेशसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि बजेट प्रस्तुत गर्नु हुनेछ ।

आगामी आवमा प्रदेश सरकारले प्रदेशमा भौतिक पूर्वाधारसहित राष्ट्रिय गौरवको आयोजना, गरीबी निवारण गर्ने आयमूलक कार्यक्रम ल्याइने, पर्यटन क्षेत्रको विकास गरिने, जैविक विविधता, वातारण सुधार एवं पोष्टबहादुर बोगटी हेटौँडा–कुलेखानी जोड्ने सुरुङमार्ग निर्माण गर्नेलगायत पूर्वाधारलाई समेट्ने खालको बजेट ल्याइने भएको छ । रासस

प्रतिक्रिया