प्रनेश गौतम हाजिरी जमानीमा रिहा

रिता घिसिंग

काठमाडौं : युट्युबमा ठट्यौली शैलीमा गरेको फिल्म समीक्षालाई लिएर पक्राउ परेका प्रनेश गौतमलाई प्रहरीले बिहीबार रिहा गरेको छ। नेपाल प्रहरीको अपराध महाशाखाले गौतमलाई हाजिरी जमानीमा रिहा गरेको हो। हाजिरी जमानीमा छुटेका प्रनेशले अब प्रहरीकोमा तारिख धाउनुपर्नेछ ।

प्रहरीको अपराध महाशाखाले गौतमलाई फिल्म वीरविक्रम २ का निर्देशक मिलन चाम्सको उजुरीपछि नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।

चाम्सले आफ्नो फिल्म वीरविक्रम–२ को समीक्षा बिगारेर गौतमले मेमे नेपाल नामक युट्युब च्यानलमा प्रकाशित गरेको आरोप लगाएर उजुरी दिएको बताइएको छ । विशुद्ध फिल्म समीक्षालाई लिएर नियन्त्रणमा लिइएको भन्दै यतिबेला प्रहरी कदमको आलोचना भइरहेको छ । यसैलाई लिएर राजधानीमा बुधबार प्रदर्शनसमेत भयाे ।

तर, निर्देशक चाम्सले यसको खण्डन गरेका छन् । आफ्नो मानहानी गरेकाले आफू युट्युबरविरुद्ध कारवाही माग गर्दै प्रहरीको शरणमा पुगेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू