अमेरिका सपना : ७५ लाख डुबाएर १७ महिना जेल

admin

काठमाडौं, जेठ ३२ : अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करलको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकाममै १७ महिना जेल परेका हुन् । उनलाई अमेरिका पठाउने गिरोहका सदस्य टोपबहादुर जिसीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

प्रहरीका अनुसार अमेरिका लैजान सुरुमै उनीसँग २० लाख रुपैयाँ लिइएको थियो । पछि बाटोमा धम्क्याएर थप पैसा असुली गरिएको हो । भारतबाट युएई हुँदै उनलाई ब्राजिल लगिएको थियो । त्यहाँबाट विभिन्न देशको सडकमार्ग हुँदै अमेरिका लगिएको हो । मेक्सिकोबाट अमेरिका छिरेलगत्तै पक्राउ परेका उनी त्यहाँ १७ महिना जेल परे । जेलबाट छुटेपछि उनलाई नेपाल डिपोर्ट गरिएको थियो ।

पक्राउ परेका जिसीले हाल मृत्यु भइसकेका एक प्रदेशसभा सदस्यको निर्देशनमा पैसा लिएको बयान दिएका छन् । पछिल्लो समय नेपाल मानव तस्करीमा विश्वकै प्रमुख स्रोत बनिसकेको छ । छिमेकी देश हुँदै अफ्रिकादेखि अमेरिकासम्म नेपाली युवायुवतीको तस्करी हुने गरेको छ ।यो समाचार आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा पढ्न सक्नुहुन्छ ।

प्रतिक्रिया