‘सिरिन्ज आक्रमण’ले बढ्यो जनमानसमा त्रास

मनिषा थापा

पिएनपिखबर : ‘सिरिन्ज आक्रमण’ले जन मानसमा त्रास पैदा गरेको छ। पछिल्लो डेढ महिनामा मात्रै काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको थियो। त्यसको लगतै उस्तै प्रकृतिको ३ घटना दोहोरिए।

मङ्गलबार पनि एक महिलामाथि सिरिन्ज प्रहार भएको छ। ती महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीकहाँ उजुरी दिएकी छिन् ।

काठमाडौं ठमेल घर भई बनेपा ८ मा बस्दै आएकी ३४ वर्षीया ती महिलाले असार १० गते आफूमाथि आक्रमण भएको बताएकी छिन्। दिदीको घरबाट फर्किने क्रममा सिरिन्ज आक्रमण भएको उनको भनाई छ। उनले भनिन्, ‘अधबैसे महिला आएर हातमा ठोक्किन आपुगिन, हातमा च्वास्स घोपेको महसुस भयो। पछि फर्राकेर हेर्तदा उनी फटाफट भागिन। रातभरअशैय पिडा भयो। विहान हात नै सुन्नियो।’

उनको अनुसार उनी बिहिबार बिहान स्थानीय मेडिकल गईन। जाँच पछि सुई हालिएको पत्ता लाग्यो। उनी तत्काल शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिइन् । चिकित्सकहरूले सिरिन्ज आक्रमणको आशंका गर्दै उनलाई एचआईभी संक्रमणविरुद्धको औषधि २८ दिनसम्म खान भनेका छन् । उनको रिपोर्ट आउँन भने बाँकी छ। 

केही महिना अघि हङकङमा एचआईभी फैलाउन सार्वजनिक बस, चलचित्र हलका सिटमा रगतसहितका सिरिन्ज राखिदिएको घटना भएको थियो । उक्त बदमासी गर्नेलाई पक्राउपछि एचआईभी संक्रमितले आफुलाई समाजका सदस्यले घृणा गरेकाले बदला लिन सबैलाई यो रोग फैलाउने मानसिकता आएर यसो गरेको खुल्न आएको थियो ।

नेपालमापनि यस्तो घटना भएपछि ठूलो त्रास भएको छ । सिरिन्ज आक्रमणमा परेका युवतीहरु अहिले उपचारमा छन्। उनीहरु चिकित्सकको नियमित निगरानीमा छन्।

 

प्रतिक्रिया