भेषराज दनुवार
सुसासन लोकतन्त्रको मुल आधार हो । सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी, सहभागीतामुलक र समावेशी बनाई त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउन कानुनको शासन, भ्रष्टाचारमुक्त, र चुस्त प्रशासन, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल ब्यबस्थापन जस्ता असल शासनका आधारभुत मान्यतालाई आत्मसाथ गरी सर्वसाधारणले पाउनु पर्ने सेवा छिटो छरितो तथा कम खर्चिलो ढंगवाट पाउने व्यबस्था सृजना गरी मुलुकमा सुशासनको प्रत्याभुति दिनु आजको प्रमुख आवश्यकता हो ।
काभ्रेपलाञ्चोक जिल्ला मा १३ वटा स्थानीय निकाय तह रहेका छन । जसमध्ये रोशी गाउँपालिका एक हो । यस गाउँपालिका ले स्थानीय सरकार बने पश्चात जनताको घर आगनमा सेवा प्रवाह गर्दै आएको छ । गरिरहेका रहेका छन । उक्त सेवा प्रवाहलाई अझ प्रभावकारी, जनउत्तरदायी, समुदायमुखी बनाई यस गाउँपालिकाले प्रवाह गरिरहेको सर्वाजनिक सेवालाई छिटो, छरितो, नियमित, व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने अभिप्रायले सुशासन नीति २०७६ तर्जुमा गरिएको छ ।
नेपालको संविधान २०७२ को धारा ५१ (४०) मा सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निश्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागीतामुलक बनाउदै राज्यवाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने प्रावधान रहेको छ । त्यस्तै गरी सुशासन ऐन, २०६४ र सुशासन प्रर्वद्धन रणनीति तथा कार्ययोजना २०७४ मा सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी सहभागीतामूलक बनाई त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउन कानुनको शासन, भ्रष्टाचारमुक्त, र चुस्त प्रशासन, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल ब्यबस्थापन जस्ता असल शासनका आधारभुत मान्यतालाई आत्मसाथ गरी सर्वसाधारणले पाउनु पर्ने सेवा छिटो छरितो तथा कम खर्चिलो ढंगवाट पाउने व्यबस्था सृजना गरी मुलुकमा सुशासनको प्रत्याभूति दिने सम्बन्धमा ब्यबस्था गरिएको छ ।
तसर्थ नेपालको सविधान मुल भावना, सुशासन ऐन, २०६४, सूचनाको हक ऐन २०६४, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र सुशासन प्रर्वद्धन रणनीति तथा कार्ययोजना २०७४ को मर्मलाई नागरिकले अनुभुत हुने तरिकाले सार्वजनिक सेवा र सार्वजनिक प्रशासन लाई प्रभावकारी बनाउन सुशासन प्रर्वद्धन रणनीति तथा कार्ययोजना २०७४ को भाग २ (१) मा प्रचलित कानुन बमोजिम स्थानीय तहले पारदर्शीता, जवाफदेहिता र सदाचार ब्यबस्थापनका लागि आवश्यक नीति, ऐन, नियम, कार्यविधि गाउँसभावाट तर्जुमा गरि लागु गर्ने ब्यवस्था अनुरुप रोशी गाउपालिकाले सुसासन निति जारी गर्ने कार्य अन्तिम तयारीमा पुगेको छ ।
सुसान निति निमार्ण कार्यमा प्रारम्भिक बैठक देखि यस चरण सम्म आउन सुसासन समिति संयोजक शंखबुद्ध लामाको सक्रिय सहभागिता र लगनशिलता साथ सम्पन्न गर्ने कार्यमा अग्रसरता रहयो साथै यस कार्यमा सुसासन समितिको सम्पुर्णको सहभागिता सहित रचनात्मक सल्लाह सुझाव सहित अगाडी बढ्यो । यस क्रममा पुर्व तयारी बैठक देखि सामुदायिक सारथिले जिम्मेवारी पाएको र जिम्मेवारी साथ सामुदायिक सारथि परिवार लागी एक चरणको कार्य सम्पन्न भयो । यस कार्यकोलागी एफ.एच.आई ३६० का भोला भट्टराईको महत्वपुण योजदान रहयो ।
कार्यक्रम सफल बनाउन रेडियो रोशिको महत्वपुर्ण भूमिका पनि रहेको छ । र अन्तमा जन निर्वाचित जनप्रतिनिधिको सल्लाह सुझावको साथ कार्य सम्पन्न गरी रोशी गाउपालिका मार्फत सुसासन निति पारित गर्नको लागी सुसासन समिति संयोजक शंखबुद्ध लामा तथा रोशि गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत डमरु दाहालको उपस्थितीमा गाउपालिका प्रमुखलाई हस्तान्तरण गरीयो । सुसासन निति बनाइएको अनुसार रोशी गाउ कार्यपालिको गाउ कार्यपालिकाको सभा बाट पारीत गरी कार्यान्वयन बनाउने प्रतिबद्धता गर्नु भएको छ ।