इनरुवा, १० साउन: सुनसरीको हरिनगर गाउँपालिका– ५ आज सुनसरी खोलाले बगाउदा एक जनाको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका–८ का राजकुमार मेहताको मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालका अनुसार हरिनगर गाउँपालिकास्थित हाटबजार गएका मेहतालाई खोलाले बगाएको हो । खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो ।