घर लिलामी हुन लाग्दा समेत् माता जंगलमा रातभरी ध्यान गर्दै

मनिषा थापा

पिएनपिखबर : काभ्रेको जनागालमा बस्ने बालकुमारी माताको शक्ति रहेको बताउछिन्। जन्मेको ५ वर्ष देखि जिउमा बालकुमारी भगवान प्रवेश गरेको उनको भनाई छ। उनको भक्तहरु ४ हजार जना पुगिसकेका छन्। उनी आशनमा बसेर आफ्नो भक्तहरुको रोग निर्वारण गर्ने, इच्छा पुरा गर्दिने, लगान देखि झोखाना समेत हेराउने गर्छिन।


अहिले भने उनी नेपालआमालाई जोगाउन जंगलको बीचमा १० दिनको लागि ध्यान गरेर बसेकी छिन्। देशमा भईरहेको हत्या, हिंसा नहोस भन्दै आफु ध्यान गरिरहेको माताको भनाई छ। आफुलाई बालकुमारी माता आउने भएकोले २०० वर्ष अगाडी उत्पति भएको बालकुमारी मन्दिरमा उनी ध्यान गरिरहेकी छिन्। उक्त मन्दिरको नाम प्राचिनकालमा बनदेवी नाम रहेको उनले बताईन।

उनको ध्यानमा साथ दिन एक भक्तजन पनि जंगल मै बस्छिन। उनी पिएनपिमिडियाडटकमले तयार पारेको माताको भिडियो हेरेर मातालाई भेट्न आएकी हुन्। उनले पनि आफुमा नागको शक्ति आउने बताईन।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू