टंकको नयाँ गीतमा देखियो नयाँ अनुहार, अशोक छैनन्

मनिषा थापा

पिएनपिखबर : टंक बुढाथोकीले ‘कसरी कसरी’को सिक्वल बोलको गीत चाडै नै बजारमा ल्याउने भएका छन्। यति बेला उनको र गायिका मेलिनाको आवाज मै बनेको ‘कसरी कसरी २’को शुटिंग भईरहेको छ।

टंक बुढाथोकी र मेलिना राईको गीतहरु प्राय सबै चर्चा मै छ भने उनीहरुले धेरै गीतमा संगै काम गरिसकेका छन्। टंक बुढाथोकीको गीतमा पहिलोपटक टिकटकमा भाइरल भएका दिपा र दमन्ता पनि अभिनय रहनेछ। अशोक दर्जी भने समय नमिलेको कारण यस गीतमा नभएको र छिट्टै नै नयाँ गीतमा देखिने टंकले बताए। बाल कलाकारको रुपमा अनिष गुरागाई र अंशु गुरागाईलाई पनि टंकले डेब्यु गराएका छन्।

यस गीतलाई कोरियोग्राफर कविराज गहतराजले निर्देशन गर्दै छन। यस अघि पनि टंकका गीतहरुलाई कविराजले नै निर्देशन गर्दै आएका छन। टंक बुढाथोकीको प्राय गीतले करोडौ भ्युज पाउने गरेको छ। यस गीतले पनि पहिलाको गीतहरुले जस्तै सफलता पाउनेमा उनी विस्वस्त देखिन्छन ।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू