करौडौको मालिक यी महिला यसरी भईन घरको न घाटको

मनिषा थापा

पिएनपिखबर : होटेल व्यवसायी पद्मा सङ्ग्रौला आफ्नै घरबाट ठगिएकी छिन्। आफ्नै घरबेटीले षड्यन्त्र गरी करोडौ रुपैया ठगेको उनको आरोप छ। घरभेटी प्रशन्न राज पाण्डेसँग २०६७ सालमा घर लिजमा लिएकी थिइन।

उनी र घरबेटीबीच ५\५ वर्षमा १० प्रतिशत रकम दिनुपर्ने सहमति भएको थियो। त्यसपछि उनले ७५ लाख खर्च गरेर रेस्टुरेन्ट खोलिन। ५ वर्षको अबधि नकाट्दै घर भेटिले त्यही घर धित्तो राखेर ऋण लिएको रहेछन तर व्याज सावा केहि नदिएपछि घर लिलामी गर्ने आएको उनले बताईन। घरभेटि लिलामी हुने समयसम्म बेपत्ता भएको उनी बताउछिन्।

घर लिलामी भएपछि बैंककै सल्लाहमा उनले १ करोड ८० लाखमा घर आफ्नो नाममा पास गरिन। घरभेटि र उनको दाईले सुनियोजित ढंगले फ़साइएको बताउदै उनले भनिन्, ‘घरबेटीको दाई त्यहि बैकका चार्टर अकाउन्टटेन्ट थिए। घर लिलाम देखि अदालतमा मुद्दा लड्ने समेत् उनी थिए। बैंकको ऋण तिरेर घर किनेपछि घरधनीले जालझेल गरी आफ्नो नाममा पास गरेको भनेर मुद्दा हाले। अदालतले फेरी घर उनलाई नै दिए। ऋण तिर्ने म घर लिने उनी म रोडमा पुगे। मलाई न्याय अब कसले दिन्छ ?’

उनले थपिन, ‘मुद्दा चलेको ८ वर्ष भईसक्यो तर न्याय पाएको छैन। महिला भएर एउटा उधमी भएर अघि बढ्न उनीहरुले दिएनन्।’

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू