कान्छी श्रीमतीसँगै श्रीमानले गरे आत्महत्या, जेठी श्रीमती र बच्चाको बिचल्ली

मनिषा थापा

पिएनपिखबर : सोमबार भक्तपुरको बोडेस्थित एक दम्पतीले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका छन् । बोडेमा कोठा लिएर बसेकै ठाउँमा सोमबार राति उनीहरु झुन्डिएका हुन। मृत फेला पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई भक्तपुरस्थित बोडेमा कोठामा बस्दै आएका  (मिलन)जीवन तामाङ र रामेछाप घर भएकी मंगली घिसिङ्ग रहेका छन। मृतक मिलनसँगै झुन्डिएकी उनकी कान्छी श्रीमती हुन्।

करिब १७ दिनदेखि कोठा भाडामा लिएर बसेको र जेठी श्रीमतीबारे घटनापछि मात्रै थाहाँ पाएको छिमेकीहरुको भनाई छ । पेसाले पानीको ट्यांकर चलाउने ड्राइभर रहेका  मिलनको पहिला पनि आफ्नो इच्छाबिपरित बिहे भएर जेठी श्रीमती र जेठी श्रीमतीबाट एउटा बच्चा पनि रहेको खुलेको छ ।

घरबेटीले आफु सोमबार सिन्धुपाल्चोकबाट राति अबेर घर फर्केको कारण आज बिहान सभा ६ बजेतिर मात्रै थाहाँ भएको बताए। उनले भने, ‘विहान हाम्रै घरमा अर्को कोठा बस्ने एकजना बहिनीले मान्छे ‘झु*ण्डियो, झु*ण्डियो’ भनेर हल्ला खल्ला गरेपछि मात्र मैले थाहाँ पाए। अहिलेको श्रीमतीलाई पनि पहिला विवाह भएको बारे भनेको छैन जस्तो लाग्छ।’

घरधनीले प्रहरी प्रशासनलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेका थिए । प्रहरी त्यहाँ पुगेर ढोका खोलेर हेर्दा दुई जना झ्यालको ग्रिलमा झुन्डिएको अवस्थामा फेला परेका थिए । स्थानियको अनुसार, मृतक दम्पतिको उमेर २० वर्षभन्दा मुनि रहेको छ।  मिलानकी जेठी श्रीमतीले अस्तिमात्र प्रहरीमा उनिबिरुद्ध मुद्दा दायर गरेको र हिजो बेलुका मात्र उनीहरुबीच मिलापत्र भएको बताएका छन् । मृतक दुबैको शब प्रहरीले पोस्टमार्टमको लागि अस्लापता लागिएको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया