साहित्यकार सुरेन्द्र महर्जन “अमर”को ‘थाहै नपाई’ सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, १४ साउन : प्रेम जिन्दगी, प्रेम संसार, प्रेम भए मान्छेले के गर्न सक्दैन र ? सुन्दर घरको निर्माण प्रेमबाटै हुन्छ । मान्छे मान्छेमा प्रेम यदि नहुँदो हो त झगडा अनि कलह मात्रै हुन्छ । संसार आखिर प्रेमबाटै चलेको छ र युगौं चलिरहने छ ।

प्रेमकै कुरा गर्नुपर्दा गायिका रिता के. सि को स्वरमा मायाप्रेमले भरिएको “थाहै नपाई तिम्रो त्यो रूप” बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । द पिक स्टुडियोमा रेकडिस्ट समीर कार्कीबाट रेकर्डिङ्ग गरिएको उक्त गीतमा राम कार्कीको संगीत तथा एरेन्जर रहेको छ।

हालसालै मात्र मोशन नेपाल टि. भीबाट सार्वजनिक गरिएको गीतको रचनाकार कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” हुन्। रोशन कुमारको निर्देशनमा दिप गुरुङबाट इडिटिङ्ग गरेको यस भिडियोलाई सुदिप पंगेनीबाट छायांकन गरिएको थियो ।
हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया