सिन्धुपाल्चोक, नुवाकोट र रौतहटका वडाका कार्यालयमा आगजनी

admin

सिन्धुपाल्चाेक, १५ साउन : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा आगजनी भएको छ । वडा कार्यालयमा नचिनेका मानिसको समूहले आगजनी गरेको हो ।आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजात जलेका छन् । यस्तै भौतिक क्षति भएको छ ।

यसैगरी नुवाकोटको ककनी गाउँपालिका–१ को कार्यालयमा नचिनेका मानिसको समूहले मंगलबार राति बम बिस्फोट गराएको छ । बिस्फोटका कारण कार्यालयमा क्षति पुगेको छ ।

यस्तै रौतहटको चन्दपुर नगरपालिकाको गैँडाटार वडा कार्यालयमा मंगलबार राति आगजनी भएको छ । आगजनीका कारण कार्यालयमा क्षति भएको छ । आगजनी तथा बिस्फोटको जिम्मा कसैले लिएका छैनन् ।

प्रतिक्रिया