हत्या गरेर फरार भएका अभियुक्त १६ वर्षपछि पक्राउ

मनिषा थापा

पश्चिम नवलपरासी प्रहरीले एक फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गर्न सफल भएको छ । कुटपिट गरी ज्यान मारेर विसं २०६० देखि फरार रहेका जिल्लाको सरावल गाउँपालिका–२ मनरीका ५२ वर्षीय नाथु चमारलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो ।

उनले सोही ठाउँ बस्ने ५५ वर्षीय रामलाल चमारलाई विसं २०६० भदौ १२ गते कुटपिट गरी हत्या गरेर फरार भएका थिए । पक्राउ परेका चमारलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया