घाँटीमा टाईले पासो लगाई १२ वर्षीय बालकले गरे आत्महत्या

मनिषा थापा

भक्तपुर : भक्तपुरको गुन्डुमा एक बालकले आत्महत्या गरेका छन्। सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका राजु खतिवडाको १२ वर्षका छोरा सन्देश खतिवडाले बुधबार साँझ आत्महत्या गरेका हुन् ।

भक्तपुर प्रहरीका अनुसार, सन्देशले स्कूलको टाईले घाँटीमा पासो लगाई झुण्डिरहेको अबस्थामा भेटिएका थिए । उनी आफ्नै घरको दोश्रो तल्लामा काठको दलिनमा झुण्डिएको उनका बुबाले देखेपछि पासो फुकाई मध्यपुर अस्पताल लगेका थिए ।

अस्पताल पु¥याएपछि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । शवको पोष्टमार्टम पछि आफन्तलाई बुझाई पठाईएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ। बालकले के कारणले आत्महत्या गरेका हुन भन्नेबारेमा अहिलेसम्म केही खुल्न सकेको छैन ।

यस अघि पनि थुप्रै आत्महत्याको घटना बाहिरिएका छन्। गत महिना मात्रै ललितपुरका एक ११ वर्षीय बालकले सोसाइड नोट लेखि आत्महत्या गरेका थिए।

प्रतिक्रिया