भिडियो गेमको असर : टाईको पासो लगाएर १२ बर्षे बालकले गरे यस्तो काम

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गईरहेका छन्। गत महिना मात्रै ललितपुरका एक ११ वर्षीय बालकले सोसाइड नोट लेखि आत्महत्या गरेका थिए भने केहि दिन अघि भक्तपुरमा एक प्रेम जोडीले आत्महत्या गरे।

यस्ता घटना सेलाउन नपाउदै भक्तपुरमा फेरी एक बालकले आत्महत्या गरेका छन्। सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका राजु खतिवडाको १२ वर्षका छोरा सन्देश खतिवडाले स्कुलको टाईमा पासो लगाएर बुधबार साँझ आत्महत्या गरेका हुन् ।

उनी आफ्नै घरको दोश्रो तल्लामा काठको दलिनमा झुण्डिएको उनका बुबाले देखेपछि पासो फुकाई मध्यपुर अस्पताल लगेका थिए। अस्पताल पु¥याएपछि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

उनको आत्महत्या गर्नुको कारण भने अचम्म लाग्दो छ। राजुको नजिकैको छिमेकीको अनुसार, मृतक संदेशलाई गेम खेल्ने लत रहेको र जिस्क्दाजिस्किदै अनाहकमा आएर आत्महत्या गरेको हुन्सक्ने अनुमान गरेका छन्। यसअघि पनि उनले ४ वर्षको हुँदा खेल्दा खेल्दै झुन्डिने प्रयास गरेका थिए।

पढाई र खेलकुदमा अब्बल रहेका उनी साथीभाईसँग खेल्न भन्दापनि घरमै बसेर मोबाइलमा गेम खेल्ने गरेको छिमेकीको भनाई छ। मृतक सन्देस ३ दिदीबहिनीका एक्लो भाई भएको कारण घरबाट निकै माया पाएका थिए। सबैको प्यारो उनी आज एउटा सानो भुलले दैबको प्यारो भए।

हेर्नुहोस भीडीयो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू