टंक र मेलिनाको “कसरी कसरी २” छोटो समयमै ‘ट्रेंडिङ १’ मा पर्न सफल

शर्मिला गुरुङ

काठमाडौँ, १९ साउन  :  गायक तथा संगीतकार टंक बुढाथोकिको नयाँ गीत अर्थात “कसरी कसरी” को सिक्वेल “कसरी कसरी २” सार्वजनिक भएको एकदमै छोटो समयमा ट्रेण्डिङ्ग नम्बर १ मा पर्न सफल भएको छ। समाचार तयार पर्दा सम्म ८,०८,१३८ जनाले हेरिसकेका “टिकटकमा देखेको” बोलको उक्त गीतको भिडियो गत शुक्रबार मात्र सार्वजनिक गरिएको थियो।

टंक बुढाथोकेको अफिसियल यूटुब च्यानल टंक बुढाथोकी मार्फत सार्वजनिक गरिएको उक्ता गीतमा टंक बुडाथोकी र मेलिना राइको आवाज रहेको छ भने शब्द संगीत टंक बुढाथोकी स्वयमकै रहेको छ।

चर्चित नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेको भिडियोमा पाँचथर जिल्लाबाट कलाकारितामा उदाउँदै गरेका ८ वर्षीय आयुष गुराँगाईं र ९ वर्षिया अंशु गुराँगाईंको अलावा गायक टंक बुढाथोकी र मेलिना राई, सुनिल क्षेत्री, टिकटकबाट भाईरल भएका जुम्ल्याहा दिदी बहिनी दिपा र दमन्ता श्रेष्ठ, एआर बुडाथोकी लगायतका कलाकारलाइ देख्न सकिन्छ ।

हेर्नुहोस “टिकटकमा देखेको” गीतको भिडियो :

यो पनि हेर्नुहोस :

 

 

प्रतिक्रिया