काभ्रेको घटना रहस्यमय बन्दै, १५ महिनाको छोरा आफै ट्यांकीमा पस्न नसक्ने भन्दै भक्कानिईन आमा

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय हत्या, हिँसाका खबरहरु दिनानुदिन बढ्दै गईरहेको छ। यस्तैमा फेरी बनेपास्थित रहस्यमया घटना घटेको छ। बनेपा नगरपालिका–६ वुडोलडाँडामा एक बालकको पानीको ट्यांकीमा डुबेर मृत्यु भएको छ। चितवन घर भई हाल बनेपामा बस्दै आएको ध्रुब खरेलको १६ महिनाको छोरा अभिनव खरेलको ट्याँकीमा डुबेर गत शुक्रबार विहान मृत्यु भएको हो ।

त्यस दिन घरमा पानी नआएको कारण मृतक अभिनवका बुबा आमा नजिकै पानी लिन गएका थिए भने सुतुरहेको अभिनवलाई उनका हजुरबुबाले रेखदेख गरिरहेका थिए। उनलाई कोठामा नदेखे पछि बालकका हजुरबुबा र परिवार खोज्न पनि नभेटिएपछि प्रहरीलाई बोलाइएको थियो। प्रहरीले अनुसन्धान गरेपछि घर भित्रै रहेको ट्यांकीमा बालकको शब् फेला परेको हो।

बालकको आमाको भने अबिनबले ढक्कन लगाएको ट्यांकीमा आफै खोलेर पस्न सम्भब नरहेको कारण हत्या हुन् सक्ने अनुमान लगाएकी छिन्। उनी आफै पानीमा डुबेका हुन् या हत्या भएको भन्ने कुरा रहस्यमय छ। प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ।

बाँकी हेर्नुहोस भिडियोमा…..

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू