अमेरिकी म्यागजिनको खुलसाः राजा विरेन्द्रको बंशनास गर्न सिआइए र रअ को संलग्नता

admin

तत्कालीन राजा वीरेन्द्रको वंशनाश नेपाली सेनाकै एक समूहले अमेरिकी गुप्तचर संस्था (सिआइए) र भारतीय गुप्तचर संस्था (रअ) सँग मिलेर गरेको रहस्य खुलेको छ । अमेरिकाको न्युयोर्क सिटीबाट प्रकाशन हुने मन्थ्ली रिभ्युले यस्तो रहस्य खुलसा गरेको हो ।

मन्थ्ली रिभ्युमा वेन म्याडसेनको ‘कम्यारिजन विटविन रिसेन्ट युएस ब्याक्ड कुप्स ‘कराकस एन्ड काठमाडौं’ शीर्षकमा लामो फिचर लेख्दै नेपाली सेना, सिआइए, र रअ ले राजा बीरेन्द्रको बंशनास गरेको दाबी गरेका छन् । अमेरिकाले तत्कालीन भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेज र नेपालका राजा वीरेन्द्रलाई सिध्याउन एकैखाले रणनीति अपानाएको फिचरमा उल्लेख गरिएको छ ।

त्यो रणनीति भेनेजुयेलामा असफल भएपनि नेपालमा भने सफल भएको फिचरमा लेखिएको छ । फिचरमा भनिएको छ, भूकम्प विपत् तालिमका नाममा तत्कालीन युद्धरत माओवादीसँग वार्ताका पक्षधर र भारतविरोधी राष्ट्रवादी भएकाले वीरेन्द्रको वंशनाश रअसँग मिलेर अमेरिकाको गुप्तचर निकाय सिआइएले गरेको हो । मन्थ्ली रिभ्युका अनुसार दरबार हत्याकाण्ड हुनुभन्दा केही महिनाअगाडि मात्रै नेपालमा सिआइएले एक कार्यालय नै स्थापना गरेको थियो । यो कार्यालय स्थापना लगत्तै अमेरिकी सेनाका स्पेसल अपरेसन फोर्स का सदस्य नेपाल आएका थिए ।

उक्त कार्यालयमा अमेरिकी सेनाले ‘बेली नाइन्टिगेल वान’ नामक गोप्य अभ्यास गर्न थाले । अभ्यासलाई वैधता दिन भूकम्प विपत् तालिमको नाम दिइएको फिचरमा लेखिएको छ । उक्त अभ्यास टिममा अमेरिकाको मनोवैज्ञानिक कार्यक्रम सञ्चालन गर्ने साइकोलो अपरेसनका सदस्य पनि सहभागी थिए ।

यही साइकोलोजिकल टिमले नै दरबार हत्याकाण्ड राजकुमारबाट भएको भनेर विश्वभर हौवा फिँजाएको फिचरमा वेन म्याडसेनको लेखेका छन् । सुरुमा तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले स्वाचालित हतियार आफैं पड्केर राज परिवार सकिएको र पछि दीपेन्द्रको प्रेम सम्बन्धले परिवारमा आएको खटपटले परिवारको हत्या गरे भनेर हल्ला गर्नुमा साइकोलोजिकल टिमको डिजाइन भएको फिचरमा दाबी गरिएको छ ।

फिचरमा यो पनि लेखिएको छ कि, दरबार हत्याकाण्डपछि वीरेन्द्र परिवारको लास उठाउन अमेरिकाका तत्कालीन प्यासिफिक कमान्डर डेनिस ब्लेरको नेतृत्वमा तालिम लिएका नेपाली सैनिक कमान्डोले काम गरेको थियो । ब्लेरकै सहयोगमा इस्ट टिमोरमा पनि सैनिक ‘कु’ भएको फिचरमा लेखिएको छ । फिचरमा वेन म्याडसेनको लेख्छन् यो सबै योजना सिआइएका तत्कालीन निर्देशक जर्ज टिनेटले गरेका थिए ।

दरबार हत्याकाण्डपछि राजा भएका ज्ञानेन्द्र शाह अमेरिकी गुप्तचर निकाय सिआइएका सहयोगी भएको फिचरमा दाबी गरिएको छ । फिचरमा रिचर्ड निक्सन र जेनेरल फोर्ड राष्ट्रपति हुँदा अमेरिकाकाले विदेश सचिव र रक्षा सल्लाहकार रहेका हेन्री किसिन्जरसँग ज्ञानेन्द्रको निकै घनिष्ट सम्बन्ध भएको स्पष्ट पारिएको छ ।

अमेरिकी राष्ट्रपति जेनेरल फोर्ड प्रशासन र किसिन्जरसँग ज्ञानेन्द्रबीच सन् १९७० देखिकै सम्बन्ध भएको फिचरमा भनिएको छ । दरबार हत्याकाण्डको डिजाइनमा बनाइएको महाराजगन्जस्थित सिआइएको अफिस पनि ज्ञानेन्द्रको आवास नजिक भएको दाबी गरिएकोे छ ।

दरबार हत्याकाण्डका दिन भेला भएका वीरेन्द्र परिवारसँगै उपस्थित ज्ञानेन्द्रका छोरा पारसलाई केही नहुनु तर अरुको वंशनाश हुनुले पनि ज्ञानेन्द्रको सम्बन्ध सिआइएसँग रहेको प्रष्ट पार्ने फिचरमा लेखिएको छ । वेन म्याडसेनले सन् २००२ को सेप्टेम्बर २१ मा उक्त फिचर लेखेका थिए ।अमेरिकी म्यागाजिनको रिपोर्ट पढ्न यो लिंकमा क्लिक गर्नुहोस ।

प्रतिक्रिया