दीपा तामाङको ‘म त छम्म छम्म गर्दै नाच्ने’ सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, २१ साउन : अमेरिकाको ब्यस्त दिनचर्यासँगै नेपाली गीत संगीत क्षेत्रसँग नजिक रहेर म्युजिक भिडियोको काम गरिरहनु भएको निर्देशक नरमान राइको निर्देशनमा ‘म त छम्म छम्म गर्दै नाच्ने’ को अफिसियल म्युजिक भिडियो रिलिज गरिएको छ । अगस्त २ तारिखमा अमेरिकाबाट सार्वजनिक गरिएको गीतमा गायिका दीपा तामाङको आवाज रहेको छ भने अमाशी राइको शब्द तथा संगीत रहेको छ।

उदय राज पौडेलको एरेञ्ज रहेको ‘म त छम्म छम्म गर्दै नाच्ने’ गीतको भिडियोमा रेनुका चाम्लिङ्गले दमदार अभिनय गरेकी छिन भने इण्ट्रोड्रक्सिन मोडेलमा कुमारी राइलाई हेर्न सकिन्छ। भिडियोमा राज लुंगेलीको सिनेमाटोग्राफी र सम्पादन रहेको छ ।

द स्टेप्ज़ क्रू र आरबीएनके डान्स स्टुडियोले सयक्त रुपमा बनाएको भिडियोलाइ राज राइले निर्माण गरेका हुन । निर्देशक नरमान राइको निर्देशनमा यसअघि करिब आधा दर्जन गीतको म्युजिक भिडियोहरु आइसकेका छ्न।
हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया