कपन काण्ड : मृतक अमिरसँग बस्दै आएकी फुपूको यस्तो बयान

मनिषा थापा

पिएनपिखबर : केहि दिन अघि भक्तपुरमा एक जोडीले आत्माहत्या गरेको घटना सेलाउन नपाउँदै फेरी त्यस्तै घटना घटेको छ। राजधानीको कपनस्थित सोमबार रुखमा एक जोडीले झुण्डिएर आत्महत्या गरेका घटना सार्वजनिक भएको छ।

सोलुखुम्बुको सोताङ गाउँपालिकाका–४ नाम्लुङका २१ वर्षे अमिरचन्द्र नाछिरिङ र माप्य दुधकोशी गाउँपालिकाकी निर्मला खालिङसँगैं झुन्डिएका अवस्थामा फेला परेका हुन् ।

मृतक निर्माला विवाहित हुनुको साथै एक सन्तानकी आमा थिइन। उनी आफ्नो छोरीसँग डेढा गरेर बसेकी थिइन भने उनका श्रीमान रोजगारीको सिलसिला बिदेशिएका छन्। उनीसँगै आत्महत्या गर्ने अमिरचन्द्र उनको प्रेमी थिए।

उनीहरुले चुम्बन गरेको फोटो आइतबार साँझ ७ बजेर ३१ मिनेटको समयमा फेसबुकमार्फत सोताङकै भिम राई सोलु नेपाल प्रयोगकर्ता भएको फेसबुक आइडीबाट अपलोड गरेका थिए। सामाजिक संजालमा उक्त फोटो भाईरल भएकै कारण उनीहरुले आत्महत्या गरेको प्रत्यक्षदर्शीहरुले अनुमान गरेका छन।

भर्खरै १२ पास गरेका मृतक अमिरचन्द्र अविवाहित थिए। एक महिना अगाडि काठमाडौं आई फुपूसँग बसेको उनका आफन्तहरुको भनाई छ। तस्बिर अपलोड गर्ने भिम राई सोलु नेपालले भने सो फोटो अर्कै फेसबुक प्रयोगकर्ताबाट प्राप्त भएको टिप्पणी बक्समा प्रतिक्रिया दिएको जानकारी छ। शवको लागि प्रहरीले पोस्टमार्टमको लागि लागेको छ।

मृतक अमिरको फुपूले मृत्यु हुने अघिल्लो रातको १ बजे आइतबार राति अमिरसँग फोनमा कुरा भएको थियो। उक्त फोटो भाइरल भएपछि अमिरसँग म्यासेन्जर भएको फुपुको भनाई छ। उनले भनिन्, ‘त्यति खेर अमिरले मलाई माफ गर्दिनु, म कसरी अनुहार देखाउनु, भोलि कपडा लिन आउँछु पर्सी गाउँ जानु भनेको थियो।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया