प्रविधिको सही सदुपयोग गनुपर्छ : मन्त्री शाह

राष्ट्रिय समाचार समिति

मार्तडी २२, साउन: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले विज्ञान र प्रविधिको अहिलेका युवाले सही रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । आज सदरमुकाम मार्तडीमा आयोजित साइबर क्राइम सम्बन्धी गोष्ठीमा उहाँले प्रविधिसँग जुध्नसके देशको परिस्थिति र सरकारका गतिविधि र अन्य कार्यको जानकारी लिन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो,“विज्ञान प्रविधि सही प्रयोग गरे ज्ञान हो,भने दुरुपयोग गरे अभिषाप हुनेगर्छ ।”गतवर्ष भदौ १ गतेबाट ल्याएको कानूनअनुसार सामाजिक सञ्जालमा अपशव्द र अव्यवहारिक क्रियाकलाप गर्ने जो कोहीलाई पनि साइबर क्राइम ऐन २०७३ अनुसार कारवाही हुने मन्त्री शाहको भनइ छ । मन्त्री शाहले आजका युवाहरुले गम्भीरता, संयमता भएर प्रविधिको प्रयोग गर्न उहाँले सुझाव दिनुभएको छ । जथाभावी रुपमा प्रविधिको प्रयोग नियन्त्रण गर्न सबैले सहयोग गर्न मन्त्री शाहले आग्रह गर्नुभयो ।

साइबर अपराध सम्बन्धी कानूनी प्रावधान र दुरुपयोग भएका हुने सजायका बारेमा सचेतनाका कार्यक्रम गाउँमा लैजान आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताउनुभएको छ । उहाँले साइबर क्राइममा स्थानीय तहकाका अधिकांश युवालाई जानकारी नभएकाले स्थानीय तहरुले यस बारेमा कार्यक्रम सञ्चालन गर्दै अपराध न्यूनीकरण गर्नुपर्नमा प्रमुख जिल्ला अधिकारी न्यौपानेको भनाइ रहेको छ ।

जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख सञ्चारकर्मी, विद्यार्थीलाई जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता धर्मराज जोशी र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले सहजीकरण गर्नुभएको हो । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा उक्त गोष्ठी सञ्चालन गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्रीका निजी सचिव विष्णुप्रसाद जैशीले जानकारी दिनुभयो छ । रासस

प्रतिक्रिया