कुमारीको दुखले भरिएको संघर्षको कथा : आफ्नो अनुहार देखेर आफै तर्सिन्छु

मनिषा थापा

भक्तपुर : मोरङ घर भई हाल काठमाडौं गौशालामा बस्दै आएकी कुमारी सुवेदी सामान्य मानिस भन्दा फरक छिन् । उनको ६ वर्षको उमेर देखि अनुहार सुनिन्न थालेको थियो। उनको उमेर जति जति बढ्यो अनुहारको स्वरूप त्यति नै बढ्दै गयो। आजको दिनमा आफ्नो अनुहार आफै ऐनामा हेर्न नसकिने भन्दै कुमारी दुख पोख्छिन।

आफ्नो अनुहारकै कारण उनको दैनिकी निकै कष्टकर बनेको छ। उनलाई साथ दिने ८२ वर्षिया वृद्धा आमा मात्रै छिन्। यस्तो अबस्था हुँदा आफुलाई मात्र नभई आफ्नो आमालाई पनि हेर्नु पर्ने उनको बाध्यता छ। उनकी आमा भावुक हुँदै भन्छिन, ‘दुख गरेर मैले छोरीलाई हुर्काए अहिले छोरीले दुख गरेर कमाएको पैसाले खान परेको छ। कुनै दिन यस्तो पनि आयो कि हामीले चामलमा नुन छर्केर पनि खायौँ।’

आफ्नो अनुहारको कारण कतै घुम्न जान पनि मन नलाग्ने कुमारीले बताईन। अनुहारको उपचारको लागि धामी, झाक्री देखि धेरै डाक्टरलाई देखाउँदा पनि रोग पत्ता नलागेको भन्दै कुमारीको आमाले दुख व्यक्त गरिन।

भिडियोमा हेर्नुहोस हिर्दयविदारक कुमारीको काहानी….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू