चाडपर्वको मुखमा सुनको भाउ अक्कासियो

मनिषा थापा

भक्तपुर : आज (आइतबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । आज साताको पहिलो दिन आइतबार एकैदिन १२ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ७२ ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

गत शुक्रबार प्रतितोला तेजावी सुन ७१ हजार तथा चाँदी ८३० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै गरी आज चाँदी ८५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया