रवि लामिछानेसहित् ३ जनाविरुद्ध मुद्दा दर्ता

मनिषा थापा

काठमाडौँ : पत्रकार शालिकराम पुडासैनीलाई आत्माहत्या दुरुत्साहन गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका संचारकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अश्मिता कार्कीविरुद्ध चितवन सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

जिल्ला प्रहरी कार्यालयले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पुर्‍याएपछि अध्ययन गरेर जिल्ला अदालतमा यी तीनबिरुद्ध मुद्दा दर्ता गरिएको हो। आइतबार दिउँसो यी तीनबिरुद्ध मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ ।

उनको रिहाईको माग गर्दै आज पनि देशभर नै प्रदर्शन भईरहेको छ। त्यस्तै चितवनमा मध्यरातमै कलाकारको टोलि पुगेको थियो। चितवनमा रविलाई भेट्न कलाकार दिपकराज गिरी , दिपाश्री निरौला, केदार घिमिरे लगायत अन्य चर्चित कलाकारहरु पुगेका हुन् ।

प्रतिक्रिया