रविलाई बयानका लागि अदालतमा पेश, चितवनको माहोल सुनसान

मनिषा थापा

चितवन : पत्रकार शालिकराम पुडासैनी प्रकरणमा परेका रवि लामिछाने र युवराज कँडेललाई बयानका लागि जिल्ला अदालत लगिएको छ। तीन जना मध्य अस्मिता कार्कीको बयान आइतबार नै लिइसकिएको छ।

आज बयानको पछि अदालतमा वकिलहरुले बहस गर्नेछन् । थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ।

तिनैजनाविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको थियो । रवि लामिछाने निर्दाेष रहेको दाबीसहित फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले चितवनमा दिनदिनै प्रदर्शन गरिरहेका छन् ।

दिनदिनै प्रदर्शनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका भएसँगै आज रविका समर्थन गर्दै प्रदर्शनमा उत्रेका छैनन् । प्रहरीले बजार क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ ।

प्रतिक्रिया