रवि र युवराजको बयान सकियो, थुनछेक बहस शुरु

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र यूवराज कँडेलको बयानमा सकिएको छ । उनीहरु सँगै पक्राउ परेकी अस्मिता कार्कीको बयान भने आइतबार नै लिईसकेको थियो।

बयान सकिएलगत्तै थुनछेक बहस शुरु भएको जानकारी छ। बहस सकिएपछि अदालतले थुनामा राख्ने, धरौटी माग गर्ने वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्छ । पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरको अभियोगमा लामिछाने, युवराज कँडेल र अस्मीता भन्ने रुकु कार्कीमाथि जिल्ला सरकारी वकिल कार्यालयले ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गर्दै आइतबार जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो।

पुडासैनी हत्या प्रकरणमा अनुसन्धानका लागि साउन ३० गते बिहिबार काठमाडौँबाट पक्राउ परेका रवि लामिछानेसहित युवराज कँडेल र अस्मिताकार्कीलाई चितवन प्रहरीले काठमाडौंबाट साउन ३ओ गते पक्राउ गरी चितवन लगि अनुसन्धान प्रक्रिया अघि बढाएको हो।

साउन २० गते सोमबारको दिन पत्रकार शालिकराम पुडासैनी चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

प्रतिक्रिया