प्रधानमन्त्री ओलीको उपचार जारी

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ११ भदौ: प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले आज ट्विट गर्दै सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उहाँको उपचार प्रक्रिया जारी रहेको जानकारी दिनुभएको छ ।

सल्लाहकार रिमालले ट्विटमा प्रधानमन्त्रीका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले उहाँको सो उपचार प्रक्रिया अर्को सातासम्ममा पूरा हुुने जानकारी दिनुभएको उल्लेख गर्नुभएको छ । प्रा डा शाह आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्था हाल सामान्य स्थितिमा रहेको जनाइएको छ ।

केही दिनअघि रगतमा एण्टीवडीको मात्रा देखिएपछि मिर्गाैलाको क्षमता अभिवृद्घिका लागि प्रधानमन्त्री ओली यही भदौ ५ गते पुनः सिङ्गापुर जानुभएको हो । प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, मुख्य सल्लाहकार रिमाल, स्वकीय सचिव राजेश बज्राचार्यलगायत हुनुहुन्छ ।

प्रतिक्रिया