मेरो पिडालाई मशाला बनाई कमाउने बाटो बनाए : नीलमणी भण्डारी

मनिषा थापा

पिएनपिखबर : रोघिघर प्रस्तोता नीलमणि भण्डारी कला गलाका धनी एक कुशल गायक हुन्। शारीरिकरुपले अशक्त भए पनि उनीमा भरिपूर्ण कला छ। उनका प्राय दोहोरी गीतहरुबाट चर्चित छन्। उनले गाएको संचारकर्मी रवि लामिछानेको गीत निकै चर्चमामा पनि चुलिएको थियो। उनले रवि रिहाई भएपछि पनि उनको विषयलाई समेटेर गीत बजारमा ल्याएका छन्।

उनी धेरै पछि मिडियामा देखिएका छन् । यसबारे स्पष्टिकरण दिंदै उनले भने, ‘म माथि पुगेको चोटलाई गलत प्रचार गरियो। केहि समय अघि केहि मिडियाहरुले आफ्नो पिडालाई मशाला बनाएर कमाउने बाटो बनाएको कारण आफु थोरै पछि हटेको हु।’

केहि समय अघि उनक श्रीमतीले अहिले उनलाई डिभोर्स दिएकी थिइन। उनको सम्झना र वियोगान्त पिडा झल्किएका गीतहरु बजारमा बेला बखतमा ल्याइरहने नीलमणिले दोश्रो विवाह गरेको चर्चा पनि चलिरहेको छ। तर उनले भने आफुले दोश्रो विवाह नगरेको बताए। भविष्यमा गरे पनि खुलेरै सार्वजनिक गर्ने उनले बताए।

उनको पुर्वपत्नीसँग प्रेम विवाह भएको थियो। २०६० साल देखि प्रेम सम्बन्धमा बाधिएका निलमणीको २०६३ सालमा प्रेमिका संगै विवाह भयो तर अहिले भने उनीहरुको सम्बन्धमा पूर्णविराम लागेको छ। उनी अहिले निकै चिन्तित छन्। उनको श्रीमतीले विगत डेढ वर्ष देखि सम्बन्ध तोड्ने कुरा गरिरहेकी थिइन्। शुरुमा त भण्डारीले मानेका थिएनन तर पछि भने उनी समबन्ध विच्छेद दिन बाध्य भए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया