६ वर्षिया बालिकाको जादुमय आवाजम “दशैं आयो मेरो बाबा” सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, १३ असोज : नेपालीहरुको महान पर्ब दशैंको उपलक्ष्यमा प्रसिद्ध गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा बाल गीत “दशैं आयो मेरो बाबा” मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे बालिका रबिना बसेलले आफ्नो जादुमय आवाज भरेकी छिन ।

दशैको खुसियालीमा बालबालिकाहरुको लागि भनेर रचिएको गीतलाई उनले आकर्षक ढंगले गाएकी छिन । यति सानो उमेरमा यस्तो बिलक्षण प्रतिभाकी धनि बालगायिकाको चौतर्फी प्रसंसा हुन थालेको छ ।

गायक तथा कम्पोजर राजन कार्कीको संगीत तथा एरेन्ज रहेको छ भने भिडियोलाइ भाबसागर क्रियसन मार्फत नेपाली सांगीतिक बजारमा सार्बजनिक गरिएको छ ।

अमेरिका निबासी बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन । नयाँ नयाँ प्रतिभाहरुलाई नेपाली सांगीतिक आकाशमा स्थापित गराउने क्रममा अहिले फरक क्षमता भएकी ६ बर्षे बालिकालाइ उनले सांगितक क्षेत्रमा प्रस्तुत गरेकी छिन।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया