काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई आफ्नो पदबाट राजिनामा दिन चौतर्फी दवाव बढेको छ। उनलाई सहकर्मीबाटै याैन दुर्व्यवहारको आरोप लागे पछि राजीनामा दिन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले समेत् निर्देशन दिएका छन्।
अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएको जानकारी छ। ओलीले नैतिक नैतिक र चारित्रिक प्रश्न उठिसके पछि सभामुख पदमा बसिरहन नमिल्ने भएकाले तत्काल राजिनामा दिन महरालाई आदेश दिएका हुन्।
देश र जनतालाई मध्यनजर गरेर महरालाई राजीनामा दिन ओलीले निर्देशन दिएका छन्। उनले कानुनी रुपमा लड्ने बाटो कायमै रहेको बताएका छन्।