काठमाडौँ : प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजिनामा दिने भएका छन् । आफ्नै सहकर्मीबाट बलात्कारको गम्भीर आरोप लागेको महराले सभामुख महराले राजीनामाको तयारी गरेकाे जानकारी छ।
प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको छलफलपछि महराले राजीनामा दिने निर्णय गरेका हुन्। संसदका संचिबालयका एक अधिकारीबाट प्राप्त जानकारी अनुसार, महराले आफूमाथि गम्भीर आरोप लागेको कारण स्वतन्त्र छानविन गर्न सहयोग पुर्याउन राजनीनामा दिने मनस्थितिमा पुगेको बताएका छन्।
महराले आफ्नो चरित्र हत्या गर्न नियोजित रुपमा प्रचार गरिएको दाबी गरेका छन्। तर पिडित भनिएकी सचिवालयमा कार्यरत महिलाले आइतबार राति कोठामा पुगेर जबर्जस्ती करणी गरेको आरोप लगाएपछि उनी माथि राजिनामा दिन चौतर्फी दबाब बढेको हो।