सभामुख र सांसद पदबाटै राजिनामा दिन महरालाई नेकपाको सुझाव !

मनिषा थापा

काठमाडौं : बलात्कारको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख र सांसद दुवै पदबाट राजिनामा दिन सुझाब दिएका छन्।

सचिवालयमा कार्यरत एक महिलाले आइतबार राति कोठामा पुगेर महराले जबर्जस्ती करणी गरेको आरोप लगाएपछि महराको चौतर्फी आलोचना भईरहेको छ।

यस विषयमा छलफल गर्न मंगलबार विहान बसेको नेकपा सचिवालयको बैठकले महराले दुबै पदबाट राजिनामा कान्तिपुर दिएर छानविन प्रक्रियालाई सघाउनुर्पे निर्णय भएको जानकारी छ।

प्राप्त जानकारी अनुसार, केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले सभामुख कृष्णबहादुर महराले सभामुख तथा प्रतिनिधिसभा सदस्य पदबाटै राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनु पर्दछ भन्ने निर्णय गरेको हो।

प्रतिक्रिया