गोप्य रुपमा महराले ‘दोस्रो राजीनामा’ पत्र बुझाए

मनिषा थापा

काठमाडौँ : संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि दुव्र्यवहारको आरोप लागेपछि छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि उल्लेख गर्दै राजीनामा दिएका कृष्ण बहादुर महराले ‘दोस्रो राजीनामा’ पत्र बुझाएको खबर बाहिरिएको छ।

मगंलबार राजिनामा दिएको पत्र उपसभामुख शिबमाया तुम्वाहाङ्फेले स्वीकार गरेकी थिईनन्। उपसभामुखको यो कदमबारे नेकपा नेतृत्व पनि जानकार थियो । त्यसपछि महराले शर्तरहित अर्काे राजीनामा पत्र उपसभामुख समक्ष पठाएको स्रोतको दावी छ ।

अर्काे राजीनामा पत्रका आधारमा उपसभामुख तुम्वाहाङ्फेले बुधबार दिउँसो महराको राजीनामा आएको सूचना संसद सचिवालयमा टाँस्न लगाएकी थिइन् । उक्त सूचनामा पनि महराले पहिलो पटक बुझाएको राजीनामा पत्रमा भएको जस्तो शर्त उल्लेख नभएको जानकारी छ। नेकपा स्रोता भन्छ, ‘अब महरा सभामुख रहनुभएन, संसद सचिवालयले उपयुक्त समयमा नयाँ सभामुख चयनको प्रकृया शुरू गर्ने छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू